नेपाल पुनर्बीमा कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण हेरौं - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

नेपाल पुनर्बीमा कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण हेरौं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
Sunrise bank
नेपाल पुनर्बीमा कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण हेरौं
LBEF
NCH-IPS

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा जीवन बीमातर्फ ९ करोड ९ लाख रुपैयाँ र निर्जीवन बीमातर्फ ८० करोड ४ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा जीवन बीमामा ११२ दशमलव ४२ प्रतिशत र निर्जीवन बीमातर्फ १६ दशमलव ९२ प्रतिशतले वृद्धि गरेको हो । 

अघिल्लो वर्षको सोहिअवधिमा नाफा जीवन बीमामा ४ करोड २८ लाख रुपैयाँ र निर्जीवन बीमातर्फ ६८ करोड ४५ लाख रुपैयाँ कमाएको थियो ।

निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जसको जगेडाकोषमा २ अर्ब ८ करोड १३ रुपैयाँ र बीमाकोषमा १ अर्ब ११ करोड ३६ लाख रुपैयाँ छुटाएको छ । जीवन बीमातर्फ जगेडाकोषमा ३९ करोड ९४ लाख रुपैयाँ छुटाएको छ । 

जीवन बीमाको आम्दानी १४ करोड ७ लाख रुपैयाँ पुगेको छ भने खर्च ४ करोड ९७ लाख रुपैयाँ पुगेको छ । निर्जीवन बीमाको आम्दानी १ अर्ब २४ करोड ८ लाख रुपैयाँ र खर्च ४४ करोड ४ लाख रुपैयाँ रहेको छ । 

जीवन बीमाबाट २९ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने निर्जीवन बीमाबाट ३ अर्ब २५ करोड १७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दाबी भुक्तानी जीवन बीमाले ८ करोड १२ लाख रुपैयाँ दाबी गरेको छ भने निर्जीवन बीमाले ८४ करोड ५६ लाख रुपैयाँ दाबी गरेको छ । 

प्रतिक्रिया दिनुहोस