
काठमाडौं । रोलिङ नेक्सस डटकमले तीन वटा मोबाइल एप्लिकेसन ल्याएको छ । ६ महिना लामो सफल परिक्षण पछि नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस डटकम’ले मंगलबार तीन वटा मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो ।
मंगलबार रोलिङ नेक्ससको मुल एप बाहेक अन्य दुई एप्लिकेसन रोलिङ कर्मशील स्वदेश र रोलिङ कर्मशील विदेश सार्वजनिक गरिएको हो । कर्मशील शब्दले कर्म र श्रममा निर्भर हुने श्रमिकलाई जनाउँदछ र यसलाई प्रयोगकर्ताको प्राथमिकता अनुसार स्वदेश र विदेशमा विभाजित गरिएको छ। रोलिङ कर्मशील स्वदेश एपबाट दक्ष, अदक्ष श्रमिकलाई उपयोगी हुने रोजगारी र अन्य अबसरका जानकारी मोवाइल नोटिफिकेसन मार्फत पाउन सकिनेछ ।
साथै, स्वतन्त्र रोजगारी गर्न चाहनेहरुका लागि आफ्नो सीप अनुसारको घर सेवा तथा आफ्नो सवारी साधन भएकाले वितरण सेवाको अवसर खोजी गर्न सकिनेछ । रोलिङ कर्मशील विदेश एपबाट भरपर्दो वैदेशिक रोजगारीको खोजि, विदेश बसाईका क्रममा परेका समस्याको समाधानका लागि पहल र स्वदेश फर्केर केही गर्न चाहानेका लागि अवसरहरुको लाभ लिन सकिनेछ।
यस सञ्जालको अवधारणालाई मुख्यत: ४-ईको सिद्धान्त अनुरुप सञ्चालन गरिएको छ । जुन रोजगारी, उद्यमशीलता, सशक्तिकरण र संलग्नता रहेका छन् । यो व्यवसायिक सामाजिक सञ्जाल प्रयोग गर्न ब्यक्ति र व्यवसायले रोलिङ नेक्सस डट कममा गई वा रोलिङ नेक्ससको मोबाइल एप डाउनलोड गरि आफ्नो प्रोफाइल बनाउनुपर्ने हुन्छ । एकपटक प्रोफाइल तयार गरिसकेपछि खोजे अनुसारको सेवा प्राप्त गर्न सहज हुनेछ ।
प्रतिक्रिया दिनुहोस