हावाहुरीले पाल भत्काउँदा रामको कथा सुन्न भेला भएका १४ भक्तजनको मृत्यु - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

हावाहुरीले पाल भत्काउँदा रामको कथा सुन्न भेला भएका १४ भक्तजनको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
Sunrise bank
हावाहुरीले पाल भत्काउँदा रामको कथा सुन्न भेला भएका १४ भक्तजनको मृत्यु
LBEF
NCH-IPS

भारतको राजस्थानमा एउटा धार्मिक कार्यक्रमका लागि बनाइएको एउटा विशाल पाल हावाहुरी र ठूलो वर्षाका कारण भत्किएपछि कम्तीमा १४ जनाको मृत्यु भएको छ।सो घटनामा ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

समाचारसंस्था रोएटर्सका अनुसार मृत्यु हुनेमध्ये केही व्यक्तिलाई करेन्ट लागेको थियो भने केहीलाई भत्केको संरचनाले किचेको थियो

हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार आइतवार सो धार्मिक समारोहमा झन्डै तीन सय मानिस सहभागी भएका थिए।घटना राजस्थानको बाडमेर जिल्लामा भएको हो। घाइतेमध्ये केही व्यक्तिको स्थिति गम्भीर रहेको बताइएको छ।

प्रहरीका अनुसार जसोल गाउँमा आइतवार रामकथा वाचन गर्न ठूलो पाल बनाइएको थियो। त्यहाँ झन्डै तीन सय मानिस भेला भएका थिए।दिउँसो हावाहुरी र पानीका कारण पालको एउटा भाग भत्कियो र भक्तजनमा हाहाकार मच्चियो। केही व्यक्तिलाई पालको संरचनाले किच्यो भने केहीलाई नाङ्गो तारबाट करेन्ट लाग्यो। त्यतिबेला पालभित्र झन्डै सय जना मानिस थिए।

 एजेन्सीहरुबाट

प्रतिक्रिया दिनुहोस