aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

चितवन कोल्ड स्टोरेज पुनः सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ फागुन २०७७
Reliance life insurance
चितवन कोल्ड स्टोरेज पुनः सञ्चालनमा
Jagadamba
LBEF

चितवन । चितवनको भरतपुरमा रहेको शीत भण्डार पुनः सञ्चालनमा आएको छ । विसं २०६३ देखि बन्द रहेको शीतभण्डार पुनः सञ्चालनमा आएको हो ।

चितवनका पाँच युवा मिलेर सञ्चालनमा आएको शीत भण्डारमा दुई हजार टन कृषि उपजका सामग्री राख्न सकिने छ । अहिले आलु, प्याज, गाजर, सुन्तला, कागती, स्याउलगायत कृषिजन्य वस्तुको भण्डार गर्न सकिने चितवन कोल्ड स्टोरेजका सञ्चालक राजकुमार श्रेष्ठले जानकारी दिए । विसं २०४६ मा स्थापना भएको शीत भण्डारलाई रु १५ करोड खर्चिएर पुनः सञ्चालनमा ल्याइएको हो । अत्याधुनिक प्रविधिअनुसार कुलिङको व्यवस्था गरिएको उनले बताए ।

श्रेष्ठका अनुसार चितवनमा तीनवटा शीत भण्डार सञ्चालनमा छन् तर चितवनको पुरानो र ठूलो शीत भण्डार चितवन कोल्ड स्टोरेज हो । अझै जिल्लामा १० देखि १२ हजार टन क्षमताको शीत भण्डारको आवश्यकता रहेको उनको भनाइ छ । 

अहिले जिल्लामा भण्डारण गर्ने ठाउँको अभावमा कृषि उपजहरु खेर गइरहेको उनले बताए । शीत भण्डार पूर्णरूपमा सञ्चालनमा आएपछि उपभोग्य सामानको मूल्यसमेत घट्ने उनको जिकिर छ । अहिले जिल्लामा गोरखा, तनहुँ, लम्जुङबाट समेत किसानले भण्डारणका लागि कृषि उपज ल्याउने गरेका छन् ।

    

प्रतिक्रिया दिनुहोस