aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

प्रचण्ड र माधव नेपाल अलग भए !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ फागुन २०७७
Reliance life insurance
प्रचण्ड र माधव नेपाल अलग भए !
Jagadamba
LBEF

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुई अध्यक्षको पार्टी अलग अलग भएपछि  प्रचण्ड माधव समूहका अध्यक्ष माधव नेपाल अब पूर्वपार्टी नेकपा एमाले नै फर्कने भएका छन । त्यस्तै, प्रचण्ड माधव समूहका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पूर्व नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय भएको छ ।

सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको बैंठक सकिएर बाहिर निष्केका नेताहरुले बताएका छन् । 

आइतबार सर्वोच्च अदालतले एमाले र माओबादी केन्द्र एकता हुँदा बनाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेललाई दिएपछि एमाले र माओबादी केन्द्रको एकता संकटमा परेको थियो । 

प्रतिक्रिया दिनुहोस