aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

नक्कली इनर्जी ड्रिंक्स किन पिउनेः प्रधानमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ फागुन २०७७
Reliance life insurance
नक्कली इनर्जी ड्रिंक्स किन पिउनेः प्रधानमन्त्री
Jagadamba
LBEF

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विदेशबाट भित्रिने इनर्जी ड्रिंक्स नक्कली भएको बताएका छन् । सोमबार नेपाल उद्योग परिसंघले स्वदेशी अभियानको लोगो अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । 

उनले भने, 'नेपालमा अनावश्यक तरल पदार्थ इनर्जी ड्रिंक्स जुन नक्कली छन र नेपालीहरुलाई कुलतमा फसाइरहेका छन् । कुहिएको पानी विदेशबाट ल्याउन भन्दा त स्वदेशी पानीमा रंग भरेर बेच्दा स्वदेशी उत्पादन पनि हुने र नेपालीहरु कुलतमा पनि पर्दैनन ।' 

भेतनााम, अस्टेलिया, थाइल्याण्ड जस्ता देशबाट धमिलो पानी ल्याएर नेपालमा बेच्नुको सट्टा नेपालको संलोपानीमा विभिन्न पिउन मिल्ने बस्तु मिसाएर विदेश निर्यात गर्ने काम गर्न उद्योगीहरुलाई प्रधामन्त्रीले सुझाव दिएका छन् । 

सरकारको सम्मृद्ध नेपाल सुखी नेपाली अभियनलाई निजी क्षेत्रले थालेको यो मेक इन नेपाली अभियनले टेवा पुग्ने उनले बताए । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि देशका विभिन्न स्थान औद्योगिक क्षेत्रको स्थापना गर्ने अभियन थालनी गरेको उनले बताए । 
   

प्रतिक्रिया दिनुहोस