aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

झुक्याउन पैसा नभएको चेक काट्ने भावना श्रेष्ठ चण्डोलबाट पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ फागुन २०७७
Reliance life insurance
झुक्याउन पैसा नभएको चेक काट्ने भावना श्रेष्ठ चण्डोलबाट पक्राउ
Jagadamba
LBEF

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–४ बस्ने ४३ वर्षीया भावना श्रेष्ठलाई काठमाडौँको चण्डोलबाट आज प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७७ पुस २९ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद र रु १६ लाख जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही श्रेष्ठ फरार हुँदै आएकी थिइन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनले विसं २०७५ पुस ३ र १८ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक टङ्गालको खाताबाट भुक्तान हुने गरी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । त्यसपछि उनी फरार हुँदै आएकी थिइन् । प्रहरीले उक्त फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरेको ब्यूरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस