aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

एलआइसीको आईपीओ निष्कासन पूर्व २५ हजार करोड चुक्तापुँजी बनाउने प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ फागुन २०७७
Reliance life insurance
एलआइसीको आईपीओ निष्कासन पूर्व २५ हजार करोड चुक्तापुँजी बनाउने प्रस्ताव
Jagadamba
LBEF

एजेन्सी । भारको केन्द्रीय सरकारले जीवन बीमा कर्पोरेसन (एलआईसी) को साधारण शेयर (आईपीओ) भन्दा पहिला ठूला परिवर्तनहरू गर्न तयारी गरिरहेको छ । सरकारले एलआईसीको अधिकृत पूँजी बढाएर २५ हजार करोड रुपैयाँ भारु बनाउने प्रस्ताव गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा देशको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीको आईपीओ ल्याउने योजना बनाइरहेको छ ।

हाल, एलआईसीका २९ करोड पोलिसीका साथमा चुक्तापुँजी १०० करोड भारु रहेको छ ।  एलआईसी १९५६ मा पाँच करोड भारुमा शुरु भएको जीवन बीमा कम्पनी हो ।  हाल एलआईसीको सम्पत्ति मूल्य ३१.९६ लाख करोडभन्दा बढी छ । जीवन बीमा निगम ऐन १९५६ को प्रस्तावित परिवर्तन अनुसार २५ हजार करोड रुपैयाँ भारुलाई अथोराज्ड शेयर क्यापिटल १० रुपैयाँ प्रति युनिटका दरले २५०० करोड शेयरमा विभाजन गरिने छ । 

सरकारले जीवन बीमा निगम ऐन १९५६ मा कूल २७ वटा परिवर्तनको प्रस्ताव गरेको छ। यी मध्ये एउटा एलआइसीको आईपीओ जारिपछि पहिलो पाँच वर्षसम्म सरकारको ७५ प्रतिशत शेयर रहनेछ । शेयर सूचिकृतको बर्ष पछि सरकारले आफ्नो हिस्सेदारीमा ५१ प्रतिशत गर्नेछ । 

प्रतिक्रिया दिनुहोस