
काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले चैत २८ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । जीवन विकास समाज, कटहरी, मोरङमा विहान १०ः३० बजे सभा बोलाईएको हो ।
सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नेछ भने चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।
साथै, सर्वसाधारण समूहबाट १ जना महिला सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्न आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १२ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस