aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

डा खतिवडालाई पाटनबाट चोरिएको ऐतिहासिक वासुदेव–कमलाजा मूर्ति हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ फागुन २०७७
Reliance life insurance
डा खतिवडालाई पाटनबाट चोरिएको ऐतिहासिक वासुदेव–कमलाजा मूर्ति हस्तान्तरण
Jagadamba
LBEF

वासिंटन,डिसी । अमेरिकी सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडालाई पाटनबाट चोरिएको ऐतिहासिक वासुदेव–कमलाजा मूर्ति’(लक्ष्मी नारायण)को मूर्ति हस्तान्तरण गरेको छ ।

राजदुत डा खतिवडालाई वासुदेव-कमलाजाको मुर्ति अमेरिकी सरकारका प्रतिनिधि तथा एफबिआइका उप सहायक निर्देशक टिमोथी एन डनह्यामले दुताबासमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।

३५ वर्षदेखि हराइरहेको मूर्ति टेक्सस राज्यको ड्यालस म्युजियम अफ आर्टमा प्रदर्शनीमा देखिएको थियो । त्यसपछि पुरातत्त्वका अध्येताहरूले अन्तर्राष्ट्रिय तहमा सरोकार राख्न थालेका थिए ।

चोरिएर अमेरिका पुगेको मूर्तिबारे सूचना दिने न्युयोर्कस्थित जोन–जे कलेजकी प्राध्यापक इरिन एल थोम्सनका अनुसार डल्लास संग्रहालयले वासुदेव–कमलाजा मूर्ति नेपाल फर्काउने इच्छा देखाएको थियो । तर त्यसका लागि संग्रहालय म्युजियमका कानुनी अधिकारीले नेपालबाटै मूर्ति चोरिएको प्रमाण र प्रहरी प्रतिवेदन  मागेका थिए ।

उक्त मूर्ति पाटन मन्दिरको हो भने १९९० (२०४६) साल देखि नै ड्यालस म्युजियम अफ आर्टमा प्रदर्शनी गरि रहेको थियो । मूर्ति हस्तान्तरण कार्यक्रममा राजदुत डा खतिवडाले अमेरिकी सरकारको प्रशंसा गर्दै कृतज्ञता व्यक्त गरे ।

साथै त्यहाँ आमन्त्रित गरिएका संचार माध्यम,बिशेष व्यक्तित्वहरु ,अमेरिकी विदेश मन्त्रालय ,अमेरिकी दुतावास काठमाडौँ, ड्यालस म्युजियम अफ आर्टम,मूर्ति फिर्ता गर्न भूमिका निर्वाह गर्ने सँस्था सबैलाई बिशेष धन्यबाद दिएका छन् । राजदुत डा खतिवडाले नेपालको छोटो परिचय समेत दिएका थिए ।

अमेरिकी विदेश विभागका मुख्य उप सहायक सचिव एर्भिन मासिङ्गाले हस्तान्तरण गर्न पाउदा हर्ष व्यक्त गरे । उनले नेपालको सांस्कृतिक पैतृकधन(हेरिटेज)लाई संरक्षण र रक्षा गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

प्रतिक्रिया दिनुहोस