aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

मौलिकता देखिने सबै उत्पादन नेपाली होइनन् : राष्ट्रपति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ फागुन २०७७
Reliance life insurance
मौलिकता देखिने सबै उत्पादन नेपाली होइनन् : राष्ट्रपति
Jagadamba
LBEF

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा उत्पादन भएका केहि उत्पादनहरु मौलिक पहिचानसँग सम्बन्धित भए पनि स्वदेशमा उत्पादन नभएको बाताएकी छिन । शुक्रबार नेपाल उद्योग परिसंघसँगको भेटमा यस्तो बताएकी हुन । उनले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सामानको खरिदमा पन्ध्र प्रतिशतसम्म महंगो भए पनि खरिद गर्ने व्यवस्था गरेकोको प्रसंग उल्लेख गरेकी थिइन । उनले उद्योगी व्यवसायीहरुले त्यसतर्फ पनि ध्यान पु¥याउनु पर्ने सुझाव दिएकी दिइन । आत्मनिर्भरता र अन्तरनिर्भरता दुबै संस्कारको रुपमा अगाडी बढीरहेको धारणा राखेकी छिन । 

राष्ट्रपतिबाट कतिपय उत्पादनहरु नेपालमा धेरै क्षेत्रमा दक्ष र अदक्ष कामदारहरुको टड्कारो आवश्यकता देखिएको बताउँदै नीजि क्षेत्रले दक्ष जनशक्ति उत्पादनमा समेत ध्यान पु¥याउनु पर्ने सुझाव दिइएकी थिइन । राष्ट्रपतिबाट नीजि क्षेत्र स्पष्ट भएर अगाडी आउनु पर्ने र आयात विस्थापन गर्नको लागि पूर्वाधार तयार गर्न सुझाव दिइन । 

 नेपाल उद्योग परिसंघले मेक इन नेपाल अभियानलाई सफल बनाउनको लागि नेतृत्व वर्गबाट राष्ट्रिय दृष्टिकोण र वैचारिक स्पष्टता हुनु पर्ने बताएका थिए । नीजि क्षेत्र र सरकारबीचमा औद्योगिक वातावरण र उद्योग विकासको कुरामा समान धारणाको विकास हुनु पर्ने वताए । 

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले परिसंघले अगाडी सारेको यो अवधारणामा सरकारको साथ र सहयोगको आवश्यकता रहेको बताउँदै यस अभियानले आम जनताको सोचमा परिवर्तन ल्याई स्वदेशी उत्पादनमा गर्व गर्नुपर्ने धारणा राखे । अभियानले मुलुकको औद्योगिक विस्तार, थप रोजगारीको सृजना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन थप सहयोग पु¥याउने अध्यक्ष मोरको धारणा थियो ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाले स्वदेशी अभियान के हो र यस अभियानलाई अगाडी बढाउनको लागि परिसंघको अवधारणा प्रस्तुत गरेका थिए ।  छलफलमा परिसंघको तर्फबाट परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले परिसंघले अगाडी सारेको यस अवधारणालाई सरकाले स्वामित्वबोध गरी औद्योगिक वातावरण सृजना गर्नको लागि सघाउनु पर्ने बताएका थिए । 

छलफलमा परिसंघका प्रमुख आर्थिक सल्लाहकार डा. विश्व पौडेलले मेक इन नेपालको अवधारणालाई प्रस्तुत गर्दै यस अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याउने लक्ष्य लिएको बताए ।  कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा  २६ प्रतिशत योगदान पु¥याउने जानकारी समेत गराएका थिए । उनले हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गर्ने र पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने लगायतका विषयमा राष्ट्रपति समक्ष प्रस्तुत गरेका थिए  । 

डा. पौडेलले उत्पादन स्तम्भहरू क्रमशः नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण बनाउने, आयात प्रतिस्थापन, पूर्वाधारमा पूँजी खर्च, सेवाक्षेत्रको आधुनिकिकरण र खपत स्तम्भहरू क्रमशः स्वदेशी वस्तुको उपभोग, सरकारले स्वदेशी उत्पादनहरुको उपभोगलाई  प्राथमिकता दिने र स्थानिय उत्पादनलाई वैदेशिक वजार खोज्ने सम्बन्धमा राष्ट्रपति समक्ष प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस