aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

‘हामीले प्रधानमन्त्रीका लागि कसैलाई अफर गरेका छैनौं’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ फागुन २०७७
Reliance life insurance
‘हामीले प्रधानमन्त्रीका लागि कसैलाई अफर गरेका छैनौं’
Jagadamba
LBEF

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् । शुक्रबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग शान्तिपूर्ण वार्तामा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘एउटा भ्रम छर्न खोजिएको छ तर हामीले कसैलाई पनि अनुचित ढंगले प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौँ । गर्दैनौँ पनि ।’ ओलीले भने, ‘उहाँहरुको गतिविधि देखेर अचम्म लाग्छ । आफ्नो पार्टीको दुईतिहाइ भत्काएर प्रधानमन्त्रीलाई जसरी पनि हटाएर अरुलाई प्रधानमन्त्री खाइदिनूस् भन्दै बिन्ती गरिराख्नुभएको छ ।’ 

आगामी दिनमा चन्द नेतृत्वको नेकपाले शान्तिपूर्ण ढङ्गले आफ्ना गतिविधि गर्ने विश्‍वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्‍याएर नेकपाका नेता तथा कार्यकर्तालाई छोडिने बताए। 

प्रतिक्रिया दिनुहोस