aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ फागुन २०७७
Reliance life insurance
सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर
Jagadamba
LBEF

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम  चन्दका उपस्थितिमा  दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । 

सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र  सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले आज राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’मा हस्ताक्षर गरे ।  

दुवैपक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेताकार्यकर्ता रिहाइलगायत तीनबूँदे सहमति भएको थियो ।  

प्रतिक्रिया दिनुहोस