aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

नेप्सेमा एक करोड ८२ लाख कित्ता शेयर थपियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ फागुन २०७७
Reliance life insurance
नेप्सेमा एक करोड ८२ लाख कित्ता शेयर थपियो
Jagadamba
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यो साता एक करोड ८२ लाख कित्ता भन्दा बढी शेयर थपिएको छ । यो साता मञ्जुश्री फाइनान्स, नेपाल एसबिआई बैंक, तिनाउँ मिसन डेभलपमेण्ट बैंक र प्रभु बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । 

कुन कम्पनीको कति ? 
मञ्जुश्री फाइनान्स
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मञ्जुश्री फाइनान्सको १८ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस वापतको १४ लाख ७२ हजार ६३६ दशमलव २७४६ कित्ता बोनस शेयर सोमवार सूचीकृत गराएको हो । 

नेपाल एसबिआई बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार नेपाल एसबिआई बैंकको ६ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । नेपाल एसबिआई बैंककोे उक्त बोनस शेयर वापतको ५३ लाख ७३ हजार ७२३ दशमलव ३३ कित्ता शेयर सूचीकृत भएको हो ।   

तिनाउँ मिसन डेभलपमेण्ट बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार तिनाउँ मिसन डेभलपमेण्ट बैंकको ६ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । तिनाउँ मिसनकोे १० लाख ८७ हजार ८७६ दशमलव ३२०५ कित्ता शेयर सूचीकृत भएको हो ।

प्रभु बैंक 
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंकको १० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । बैंकले बुधवार उक्त बोनस शेयर वापतको १ करोड ३ लाख १५ हजार ५०६ दशमलव ६४ कित्ता शेयर सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस