aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिबृद्धिमा नबिल बैंकको साथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ फागुन २०७७
Reliance life insurance
महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिबृद्धिमा नबिल बैंकको साथ
Jagadamba
LBEF

काठमाडौं । कोभिड-१९ र अन्य स्वास्थ्य आपतकालीनरप्रकोप जस्ता महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिबृद्धिमा नबिल बैंकले साथ दिने भएको छ । नबिल बैंक लगायत विभिन्न संस्थाले कोभिड(१९ महामारी विरूद्ध लड्नका निम्ति एमओएचपी-स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरि स्थानीय अग्रपंक्तिका स्वास्थ्यकर्मीका लागि क्षमता वृद्धिको पहिलो संयुक्त पहल गरेका छन् ।

उक्त पहल नबिल बैंक, एमओएचपी, एशियाली प्रकोप तत्परता केन्द्र (एडीपीसी), राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडीआरसी) र चौधरी फाउण्डेशनद्वारा गरिएको हो । स्वास्थ्य आपतकालीन प्रतिक्रिया र प्रकोप जोखिम व्यवस्थापनमा यो सार्वजनिक(निजी साझेदारी पहल हो ।

महामारीका लागि तत्परता र प्रतिक्रिया दिनका लागि एकदिवसीय अभिमुखीकरण कार्यक्रम ६ प्रदेशहरुमा सम्पन्न भइसकेको छ । त्यस्तै, अर्को हप्ता कर्णाली प्रदेशमा कोभिड-१९ र अन्य स्वास्थ्य आपतकालीनरप्रकोप जस्ता महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ ।

दुवै सार्वजनिक र निजी स्वास्थ्य सुविधाहरू र मानवीय संगठनहरूका २८० भन्दा बढी अग्रपंतिका स्वास्थ्यकर्मीले सक्रियरूपमा एक दिवसीय अभिमुखीकरण कार्यक्रममा भाग लिएका थिए ।

उक्त सन्दर्भमा यस राष्ट्रिय साझेदारी कार्यशालाले मुख्यतया प्रदेशहरूका मुद्दाहरू, चुनौतिहरू, अनुभवहरू र शिक्षालाई बाँड्न र सम्भावित संयुक्त साझेदारी र संसाधन जुटाउने अवसरहरूको पहिचान गर्न केही ठोस अनुगमन कार्यहरूको गतिलाई जारी राख्न, महत्वपूर्ण मञ्च प्रदान गर्दछ । र, अग्रपंतिका स्वास्थ्यकर्मीहरूका लागि स्वास्थ्य आपतकालीन तत्परता र प्रतिक्रियाको सन्दर्भमा प्रशिक्षण पुस्तिका सहित ज्ञान आदानप्रदानमा मूल्यवान जानकारीहरूको खोजी गर्न मद्दत गर्छ ।

यो सार्वजनिक(निजी साझेदारी पहल हो । जुन संघीय, प्रदेशीय र स्थानीय सरकारी अधिकारीहरूले उनीहरूको कर्पोरेट सामाजिक उत्तरदायित्वकोरूपमा निजी क्षेत्रबाट उल्लेख्य योगदान पुर्याएकोमा प्रशंसनीय छ । यो पहिलो संयुक्त पीपीपीले सबै सरोकारवालालाई गतिशीलता र साझेदारीलाई निरन्तरता दिन प्रोत्साहित गरेको छ, जसले नेपाललाई स्वास्थ्य आपतकालीन अवस्थामा विपद् थेग्न सक्ने राष्ट्रको रुपमा उभ्याउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस