aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ फागुन २०७७
Reliance life insurance
बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त
Jagadamba
LBEF

लण्डन । बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहेका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त भएका हुन । नेपाल पर्यटन बोर्डले उनलाई मानार्थ जनसम्पर्क प्रतिनिधिका रूपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको छ । बोर्डका अध्यक्ष डा धनञ्जय रेग्मीले सफल कार्यकालको बधाई दिँदै श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्याउने आशा व्यक्त गरेका छन ।

लामो समयसम्म रिक्त रहेको बेलायतको पर्यटन दूतमा नियुक्त भएपछि श्रेष्ठले बेलायतबाट पर्यटकहरू नेपाल पठाउन सहयोग गर्ने र नेपाललाई थप चिनाउन लागी पर्ने बताए । 

उनले बेलायतमा रहेको नेपाली दूतावास र लण्डनबाट नेपालमा भ्रमण गर्ने÷गराउने अन्य सङ्घसंस्थासँग समन्यवसमेत बताए । लण्डनको दक्षिणी भेगमा रहेको ईलिङमा मन्टिज रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका श्रेष्ठ बेलायतको एनआरएनका संस्थापक अध्यक्षसमेत हुन ।

प्रतिक्रिया दिनुहोस