aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल उद्घाटनको नजिक

  • रासस
    रासस
  • विहीबार, २० फागुन २०७७
Reliance life insurance
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल उद्घाटनको नजिक
Jagadamba
LBEF

बुटबल । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको विकासको चर्चा गर्दै देशकै अत्याधुनिक गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल उद्घाटनको नजिक पुगेको छ । विहीबार मन्त्री पौडेल लुम्बिनी प्रदेशमा विभिन्न पूर्वाधारको अवलोकन र उद्घाटन गर्ने क्रममा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेकाले सञ्चालन नजिक पुगेको बताएका हुन । उनले सडक पूर्वाधारका हिसाबले रुपन्देहीमा बुटवल–सुनौली, भैरहवा लुम्बिनी सडक निर्माण अन्तिम चरणमा रहेको र बुटवल–नारायणगढ सडकको स्तरोन्नतिको काम तीव्रगतिमा भइरहेको बताए । 

तिलोत्तमा नगरपालिकाको वडा नं ६ कुञ्जलापुरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै रुपन्देही देशमैँ विकासको नमूनाका रुपमा विकासको मानकका रुपमा स्थापित भइरहेको बताए । उनले रुपन्देहीले भौतिक पूर्वाधर तथा विकास निर्माणका क्षेत्रमा फड्को मारेको बताउँदै विकास हेर्नका लागि अब यहाँ आउनुपर्ने वातावरण निर्माण गरिने बताए । 

उनले सरकारले पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि बढाएको बताउँदै बुटवल–कोहलपुर र बुटवल–पोखरा सिद्धार्थ राजमार्गको स्तरोन्नतिको कामसमेत अघि बढ्ने जानकारी दिए । उनले रुपन्देही दुई ठूला नदी तिनाउ र दानवको किनारामा निर्माण हुने तिनाउ दानव करिडोर सडकले जिल्लाको मुहार फेर्ने विश्वास व्यक्त गरे । 

अर्थमन्त्री पौडेलले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबामा सुरुङ मार्गको छिट्टै नै ठेक्का प्रक्रिया शुरु हुने जानकारी दिए । उनले रुपन्देहीमा स्थापना हुने बौद्ध विश्वविद्यालयका लागि देवदहमा करीब १०० बिघा जग्गा सरकारले छुट्याइसकेको जनाउँदै सो विश्वविद्यालय केही वर्षमै त्रिभुवन विश्वविद्यालयपछिको सबैभन्दा ठूलो बहु विषयक विश्वविद्यालयका रुपमा स्थापित हुने बताए ।

उनले रुपन्देहीमा अत्याधुनिक मोतिपुर औद्योगिक पार्क निर्माण शुरु हुन लागेको जानकारी दिँदै भूमिहीनलाई अलपत्र पारेर कुनै पनि विकास आयोजना सञ्चालन नगरिने प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्री पौडेलले निकट भविष्यमा रुपन्देहीका पालिकालाई समेटेर कार्यान्वयनमा आउने महानगरको आवश्यकतालाई पूरा गर्नेगरी तिलोत्तमाले ‘प्राइम लोकेशन’ मा भवन निर्माण गरेको उल्लेख गरे । 

तिलोत्तमामा निर्माण हुने मेडिकल कलेज, अन्तरराष्ट्रिय खेल मैदान, पार्क, सडक सञ्जाल, प्रादेशिक बसपार्कलगायतका पूर्वाधारले यहाँको विकासमा महत्वपूर्ण टेवा पु¥याउने उनको विश्वास छ । आठ बिघा १४ कट्ठा क्षेत्रफलमा फैलिएको प्रशासनिक भवन परिसरमा १९१२.६ वर्गमिटरमा फैलिएको चार तलाको भवन निर्माण भएको छ । भवनमा करीब १२० जना क्षमताको सभाहलसहित ४० कोठा रहेका छन् । अपाङ्तामैत्री, लिफ्ट सुविधासहितको भवनमा आकर्षक गार्डेनिङको काम अघि बढेको छ । रु आठ करोड ७९ लाख लागत अनुमान रहेको भवनको निर्माण सम्झौता रु छ करोड ४२ लाखमा भएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री छविलाल विश्वकर्मा, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, रमा अर्याल, बुटवल उपमहानगरपालिका उपप्रमुख गोमादेवी आचार्य, सोह्र÷छत्तीस संयुक्त सिँचाइ प्रणालीका अध्यक्ष यज्ञ गैरे, तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष माधव भण्डारी, इञ्जिनीयर प्रदीप वनलगायतले बोेका थिए ।

नगर प्रमुख वासुदेव घिमिरेको अध्यक्षता भएको कार्यक्रममा अर्थमन्त्री पौडेलले नगरपालिकाले सञ्चालनमा ल्याएको डिजिटल नागरिक वडापत्रको शुभारम्भ गर्नुभयो । यस्तै नगरपालिका परिसरमा राखिएको बुद्धमूर्ति उपहारस्वरुप प्रदान गर्ने मूर्तिकार गोविन्द चौधरीलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस