aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

इन्टरनेटको पहुँच विस्तार हुँदै, ४४१२ वडा कार्यालयमा पुग्यो इन्टरनेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० फागुन २०७७
Reliance life insurance
इन्टरनेटको पहुँच विस्तार हुँदै, ४४१२ वडा कार्यालयमा पुग्यो इन्टरनेट
Jagadamba
LBEF

काठमाडौं ।  काठमाडौं उपत्यकाबाहेकका ५४२ स्थानीय तह, चार हजार ४१२ वडा कार्यालय तीन हजार १२६ स्वास्थ्य केन्द्र र तीन हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुगेको छ ।

 विहीबार नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस्तो जानकारी दिएका हुन ।  “सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पु¥याउने  उद्देश्यअनुरुप शतप्रतिशत  विद्यालयमा  जडान सम्पन्न भइसकेको समेत उनले बताए ।  

उक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई प्रत्यक्ष लाभ हुने गरी सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरे । प्राधिकरणको वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहमा उहाँले प्राधिकरणका सेवालाई सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन सुझाव दिए । 
 

प्रतिक्रिया दिनुहोस