aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

सिटिजन्स बैंकका ग्राहकहरुलाई एएसजिआइ केयरमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० फागुन २०७७
Reliance life insurance
सिटिजन्स बैंकका ग्राहकहरुलाई एएसजिआइ केयरमा विशेष छुट
Jagadamba
LBEF

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एएसजिआइ केयर एण्ड हेल्थ सर्भिसेस प्राली बानेश्वर बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहकहरुले एएसजिआइ केयर एण्ड हेल्थ सर्भिसेस प्रालीमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस