
काठमाडौं । सिभिल लघुवित्तको मूल्य समायोजन पछि पनि शेयरमूल्य रू. ५९ ले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार कम्पनीको ३ दशमलव ५० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको थियो ।
कम्पनीको बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजारको आधारमा नेप्सेले कम्पनीको बोनस शेयर पछिको मूल्य रू. ९६६ तोकेको हो । समायोजन मूल्यभन्दा पनि बढी रू. १ हजार १४ देखि खुला भएको कम्पनीको शेयरमूल्य न्यूनतम रू. ९८८ देखि अधिकतम रू. १ हजार ४६ सम्म पुगेको थियो । यो दिन कम्पनीको शेयरमूल्य ६ दशमलव ११ प्रतिशत बढेर अन्तिम मूल्य रू. १ हजार २५ कायम भएको हो ।
सिभिल लघुवित्तले यस वर्ष बोनससँगै शून्य दशमलव १९ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत ५ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा प्रयोजनका लागि फागुन २० गते एक दिन बुक क्लोज गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो । बुक क्लोजको आधारमा फागुन १९ गतेभित्र कायम शेयरधनीहरु मात्र लाभांशका लागि योग्य भएका छन् । हाल कम्पनीको चुक्तापूँजी रू. २३ करोड ३९ लाख ३३ हजार ७०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो ।
प्रतिक्रिया दिनुहोस