
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिमे दिन आज (बिहिबार) हरियाली छाएकोे छ । नेप्सेका अनुसार आज ९०.६७ अंकले नेप्से बढेर दुई हजार पाँच सय ६ दशमलब ६८ विन्दुमा पुगेको छ भने ६ अर्ब ५ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ भने १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । नेप्सेका अनुसार बिहिबार सबैभन्दा बढी चन्द्रागिरी हिल्स, लिबर्टी इनर्जी कम्पनी र सुर्योदय लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरि, आज किसान लघुवित्त वित्तिय संस्था, इन्फिनिट लघुवित्त वित्तिय संस्था, हिमालयन पावर कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, निर्धान लघुवित्त र नेरुडे लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
यसैगरि, बिहिबार नेपाल इन्फाइन्ट्रक्चर बैंक, माउन्टेक हाइड्रोपावर कम्पनी, मेरो माइक्रोफाइनान्स र सपोर्ट लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।
प्रतिक्रिया दिनुहोस