काठमाडौं । गत वर्षको आर्थिक वृद्धिदर ऋणात्मक भएको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको परिमार्जित अनुमानमा अर्थतन्त्रको वृद्धिदर १.८८ प्रतिशतले ऋणात्मक देखिएको हो।
विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांकअनुसार गएको वर्ष १.८८ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक भएको छ। यसअघि विभागले २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको थियो।
विभागका अनुसार २०१०/११ लाई आधार वर्ष मानेर अर्थतन्त्रको मान्दै गरेको विश्लेषण गर्दा गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको हो । कोभिडका कारण भएको क्षति २०७२ मा गएको भूकम्पको क्षतिभन्दा पनि बढी भएको पुष्टि भएको छ । आर्थिक वर्ष सन् २०१५र१६मा आर्थिक वृद्धिदर शून्य प्रतिशतमा झरेको थियो ।
उता कोरोनाका कारण मुख्य प्रभावित बनेको गत आबको अन्तिम त्रैमासमा भने १५ प्रतिशतको कमि आएको थियो । त्यसमा क्रमशः सुधार देखिएको विभागले जनाएको छ । कोभिड १९ को असर सबैभन्दा बढी आवास तथा भोजन, यातायात तथा भणडार क्षेत्रमा परेको छ । यी क्षेत्रमा २५.७ प्रतिशत र १३.४ प्रतिशत सङ्कुचन आएको विभागले जनाएको छ ।
त्यस्तै, थोक तथा खुद्रा व्यापार १०.७ प्रतिशत, औद्योगिक उत्पादन ९.१ प्रतिशत, निर्माणमा ५.६ प्रतिशत, खानी तथा उत्खननमा २.२ प्रतिशतले खुम्चिएको छ । विद्युत तथा ग्यास क्षत्रमा २५.६ प्रतिशत सकारात्मक वृद्धि भएको छ । सार्वजनिक प्रशासन ६.२ प्रतिशत, मानव स्वास्थ ५.२ प्रतिशतले सकारात्मक वृद्धि प्राप्त भएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस