
काठमाडौं । काठमाडौं महानगरपालिका १४ कुलेश्वर डेरा गरी बस्ने ४६ वर्षीय श्रीराम गिरिको कोठाबाट नगद ९५ हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब ३ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।
त्यस्तै, भक्तपुर नगरपालिका १० कमलबिनायक भत्केको पाटी डेरा गरी बस्ने स्याङ्जा बिरुवा गाउँपालिका १ घर भएका शेर बहादुर कुवँरको कोठाको ताला फोडी ७ लाख रुपैयाँ बराबरको सुनका विभिन्न गहना बुधाबर साँझ चोरी भएको छ ।
त्यसैगरि, सुनसरीको देवानगंज गाउँपालिका(५ बस्ने जोधन यादबको घरबाट नगद १ लाख रुपैयाँ, १ तोला सुनको सिक्री तथा ३० तोला चाँदी बुधबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस