aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike
कोरोना खोप

काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई खोप, कुन क्षेत्रका बासिन्दा कहाँ जाने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० फागुन २०७७
Reliance life insurance
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई खोप, कुन क्षेत्रका बासिन्दा कहाँ जाने ?
Jagadamba
LBEF

काठमाडौं । काठमाडौंमा बसोबास गर्ने सर्वसाधारण नागरिकलाई आइतबारदेखि खोप दिइने भएको छ । काठमाडौं महानगरपालिका अन्तर्गत ३२ वटै वडामा आइतबारदेखि यस्तो खोप कार्यक्रम सञ्चालन हुने काठमाडाै‌ं महानगरपालिकाले जनाएको  छ ।

दोस्रो चरणको यो खोप कार्यक्रम अन्तर्गत आइतबारदेखि ५५ वर्ष भन्दा माथिका नागरिक, विभिन्न क्याम्पसका प्राध्यापक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप लगाउने उल्लेख गरिएको छ ।

खोपका लागि १५ वटा केन्द्र तोकेको छ । जसमा शुक्रराज ट्रपिकल अस्पताल टेकु, बीर अस्पताल, क्षेत्रपाटी चिकित्सालय, प्रसुती गृह, सिभिल हस्पिटल, मदरल्यान्ड हस्पिटल सिनामंगल, काठमाडौं मेडिकल कलेज हस्पिटल सिनामंगल, ओम हस्पिटल चाबहिल, स्तुपा अस्पताल बौद्ध, शहीद गंगालाल हृदयरोग केन्द्र, टिचिङ अस्पताल, हिमाल अस्पताल चाबहिल, नेपाल प्रहरी अस्पताल, छाउनी हस्पिटल र जनमैत्री अस्पताल बालाजु छन् ।

कुन क्षेत्रका नागरिक कहाँ जाने ? सूचना हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस