aarthiknews.com शनिबार, ११ बैशाख २०७८   Saturday, 24 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

महानिर्देशक मैनालीको ३३ महिने रिपोर्ट कार्ड : 'छलिएको' ५० अर्ब राजश्व सरकारी ढुकुटीमा ल्याउने प्रयास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
Reliance life insurance
महानिर्देशक मैनालीको ३३ महिने रिपोर्ट कार्ड : 'छलिएको' ५० अर्ब राजश्व सरकारी ढुकुटीमा ल्याउने प्रयास
Jagadamba
LBEF

काठमाडौं । ३३ महिनापछि दीर्घराज मैनाली राजश्व अनुसन्धान विभागबाट बाहिरिएका छन् । सरकारले अर्थमन्त्रालय अन्तर्गत वित्तीय क्षेत्र समन्वय महाशाखामा पदस्थापन गरेपछि बुधबार मैनाली विभागबाट विदा भएका हुन् । बिदा हुँदै गर्दा उनले ३३ महिनामा आफूले गरेका कामहरूको फेहरिस्त सार्वजनिक गरेका छन् । 

राजश्व अनुसन्धान विभाग राजश्व तथा विदेशी विनिमय अपचलनको अनुसन्धान अभियोजन र कारवाही गर्ने जिम्मेवारी पाएको संस्था हो । पछिल्लो समय विभागलाई भीसीटीएस सञ्चालनको जिम्मेवारी थपिएको छ । यहि जिम्मेवारी भित्र रहेर मैनालीले आफूले गरेका कामहरूको विवरण सार्वजनिक गरेका हुन् । 

के के भयो काम ?

यो अवधिमा विभागले ५० अर्बभन्दा बढी राजश्व तथा विदेशी विनिमय अपचलन सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ । त्यसमध्ये राजस्व अपचलनतर्फ ३३ अर्ब ३६ करोड रुपैयाँ बराबरको २२० वटा मुद्दा दायर गरेको छ ।

त्यस्तै विदेशी विनिमय अपचलनतर्फ १० अर्ब ७२ करोड बिगो माग दावी सहित ४४० जना विरुद्ध मुद्दा चलाइएको जनाइएको छ । ७ अर्बभन्दा बढी बिगो रहेको राजश्व अपचलनको १७ वटा मुद्दा भने राय निर्णयको लागि सरकारी वकिल कार्यालयमा पठाइएको विभागको भनाई छ । 

राजश्व अपचलनतर्फको मुद्दामध्ये मूल्य अभिवृद्धि कर (भ्याट) अपचलन गरी कर छलि गरेको अभियोगमा १९ अर्बभन्दा बढीको १६० वटा मुद्दा चलाइएको विभागको तथ्यांक छ । त्यस्तै, भीसीटीएस अन्तर्गत हालसम्म १ लाख १३हजार प्रयोगकर्ताबाट ४१ खर्ब भन्दा बढीको सूचना संग्रह भएको विभागले जनाएको छ ।

हालसम्म यो प्रणालीमा १ करोड ५० लाख भन्दा बढी बिलबिजक, प्रज्ञापनपत्र र चलान प्रविष्ट भएका छन् । यो प्रणाली पालना नगर्ने ढुवानीकर्ता माथि अनुगमन बढाइएको विभागको दाबी छ । यसबाट राजस्व छलि नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ । 

प्रतिक्रिया दिनुहोस