aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

टेक्सटायल र गार्मेट क्षेत्रमा काम गर्न १४ हजार दक्ष जनशक्ति तयार पारिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
Reliance life insurance
टेक्सटायल र गार्मेट क्षेत्रमा काम गर्न १४ हजार दक्ष जनशक्ति तयार पारिँदै
Jagadamba
LBEF

काठमाडौं । गार्मेन्ट, टेक्सटायल क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उद्योगहरू आफैले प्रशिक्षण दिन थालेका छन् । चार धागो उद्योग र नेपाल धागो उत्पादक संघ मिलेर १४ हजार दक्ष जनशक्ति तयार पार्न लागिएको हो । रिलाइन्स धागो स्पिनिङ मिल, त्रिवेणी टेक्सटाइल, जगदम्बा स्पिनिङ मिल्स र ट्राइकोट नामक कम्पनी एमव् संघ मिलेर धागोदेखि गार्मेटसम्मका उत्पादनमा काम गर्न सक्ने दक्ष जनशक्ति तयार पार्न लागेको हो ।

संयुक्त रुपमा सञ्चालिन उक्त परीक्षण कार्यक्रमबाट आगामी अप्रिल तिन हजार ७ सय जनशक्ति तयार हुँदैछन् भने अर्को वर्षसम्म थप १० हजार जनशक्ति तयार पार्ने संघका सचिव उत्तमप्रसाद गौतमले बताए । प्रशिक्षण सकिएको भोलिपल्टदेखि नै उनीहरू काममा लाग्छन् । हामी नै उनीहरूलाई रोजगारी दिन्छौं ।’ रोजगारीको प्रत्याभूति सहित प्रशिक्षण आरम्भ गरिएको हो ।   

सम्पन्न हुन लागेको तालिममा ३० प्रतिशत महिला मेशिनमा काम गर्न जान्ने भएका छन्,’ उनले भने ‘यो क्षेत्रमा लाखौं रोजगारीको अवसर छ ।’ एकतिर कामका लागि नेपाली युवायुवती विदेशी रहेका छन् भने अर्कोतिर देशभित्रै सिपयुक्त जनशक्तिको अभाव छ । ती जनशक्तिलाई सिप सिकाएर दक्ष बनाइ स्वदेशमै विदेशकै हाराहारीमा कमाइ गर्न सक्ने बनाउन हामीले प्रशिक्षण कार्य शुरु गरेका हौं,’ सचिव गौतमले भने यूके एडको सहयोगमा गरिएको यो प्रशिक्षण कार्यक्रम पाइलट हो ।’ हामी यस्तो प्रशिक्षणलाई देशव्यापी रुपमा उत्पादन गर्न सक्ने हिसावले विस्तार गर्दै लैजान्छौ ।’

अहिले प्रशिक्षण लिइरहेका प्रशिक्षार्थीहरूले धागो बनाउने कामदेखि विभिन्न किसिमका नेपाली प्रडक्ट उत्पादन गर्ने उनले बताए । हस्तकलाको क्षेत्रमा पनि उत्तिकै जनशक्तिको आवश्यकता छ,’ उनले भने  ‘हामी त्यस क्षेत्रको लागि पनि जनशक्ति तयार पार्ने गृहकार्यमा जुटेका छौ । ‘भरसक हामी स्वदेशी कच्चा पदार्थबाटै वस्तुहरू उत्पादन गर्नेमा केन्द्रीत भइरहेका छौं । यो क्षेत्रमा लाखौं जनशक्तिलाई रोजगार र स्वरोजगार बनाउन सकिने उनले बताए । 

विशेष त संघले प्राकृतिक रेशामा काम गर्न चाहि रहेको छ । प्राकृतिक रेशाजन्य उत्पादन स्वास्थ्यमैत्री हुनाका साथै आफ्नै देशको कच्चा पदार्थलाई उपयोग ल्याउन खोजिएको उनले बताए । यसबाट एकतर्फी रुपमा मात्र पाइदा हुँदैन,’ चौतर्फी रुपबाट फाइदा लिन सकिन्छ,’ उनले भने ‘कच्चा पदार्थ संकलन गर्नेदेखि उत्पादन, ब्राण्डिङ तथा बजारीकरणसम्मका काम हामी आफैले गर्न सक्छौं । 
 

प्रतिक्रिया दिनुहोस