aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

महिला सहयात्राको प्रस्तावित १०.५३ प्रतिशत लाभांश चैत १८ गते पारित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
Reliance life insurance
महिला सहयात्राको प्रस्तावित १०.५३ प्रतिशत लाभांश चैत १८ गते पारित हुने
Jagadamba
LBEF

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १८ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । ओम अध्याय रिट्रिट रिर्सोट, मकवानपुरमा विहान ११ बजे सभा गर्ने निर्णय कम्पनीको फागुन १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरण पारित गर्नुका सार्थ १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव पनि पारित गर्नेछ ।  

हाल कम्पनीको चुक्ताूपूँजी रू. १३ करोड ३१ लाख रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस