aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

शेयर बजारमा ३९.२३ अंकको गिरावट, दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
Reliance life insurance
शेयर बजारमा ३९.२३ अंकको गिरावट, दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो
Jagadamba
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथोे दिन आज (बुधबार) भारी गिरावट आएकोे छ । मंगलबार नेप्से ५९.७० अंकले नेप्से घटेर दुई हजार चार सय ५५ दशमलब ३३ विन्दुमा थामिएको थियो ।  
        
नेप्सेका अनुसार आज ३९.२३ अंकले नेप्से घटेर दुई हजार चार सय १६ विन्दुमा थामिएको छ भने ६ अर्ब २५ करोड ४८ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका समूहमध्ये दुई समूह बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।       

आज शेयर बजार राताम्मे भएपनि दुई कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशन  रहेका छन् । जसको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 
 

प्रतिक्रिया दिनुहोस