aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

एक लाख ७६ हजार नगदसहित जुवा खेलिरहेका ३ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
Reliance life insurance
एक लाख ७६ हजार नगदसहित जुवा खेलिरहेका ३ जना पक्राउ
Jagadamba
LBEF

पर्सा । बहुदरमाई नगरपालिका १ बिश्रामपुरस्थित बाँसघारीमा जुवा खेलिरहेको अवस्थामा ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ९ बस्ने ४० वर्षीय गुरदेली साह, बारा कलैया उपमहानगरपालिका २३ बस्ने ५२ वर्षीय जंग बहादुर साह र बारा कलैया उपमहानगरपालिका १४ बस्ने ४० वर्षीय राजेश मेहता रहेका छन् ।
 
उक्त बाँसघारीमा जुवा खेलाईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७६ हजार ४ सय १५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

साथै प्रहरीलाई देखि भागी हाल फरार भएका अन्दाजी १७ जना व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस