टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ असार २०७६
Sunrise bank
टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा
LBEF
NCH-IPS

 काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङ प्रालिले टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा ल्याएको छ । रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोको भेरियन्टहरू आकर्षक, झन्झटरहित रहेको कम्पनीको दाबी छ । 

कम्पनीका अनुसार टाटा टियागो गाडीको भित्रको भाग वा इन्टेरियरमा स्पेस रहेको छ । जसमा एन्ड्रोइड अटो र नेभिगेसनसहितको हर्मनको आकर्षक ७ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । बाहिरी भागमा भएको १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ । नयाँ स्पोर्टी १५ इन्च डुअल टोन एलोय पांग्राहरूले गाडीको आकर्षण बढाएको छ । 

त्यस्तै इलेक्ट्रिकोल्ली एडजस्ट गर्न र फोल्ड गर्न मिल्ने ओआरभिएम, प्रोजेक्टर हेडल्याम्प, फ्रन्ट ग्रिलमा क्रोम्ड स्ट्रीप भएको, रियर हाई माउन्ट स्टप ल्याम्प र स्ट्म्याम्पसहित इन्टिग्रेटेड स्पोइलर यसका  विशेषता रहेका छन् ।
टाटा टियागो एक्सजेड प्लसमा इमोबीलाइजर, डुअल फ्रन्ट एअर ब्यागहरू, अधिकतम यात्रु सुरक्षाका लागि इबीडीसहितको एबीएस जस्ता उच्चतम प्राविधिक विशेषताहरू रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस