aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

भन्सार छली गर्ने दुई पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
Reliance life insurance
भन्सार छली गर्ने दुई पक्राउ
Jagadamba
LBEF

काठमाडौं । प्रहरीले भन्सार छली ल्याएको झण्डै तीन लाख मूल्य बराबरको कपडासहित आज दुईलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित सुरक्षा चौकीमा सवारी साधान जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा छुन्ता गुरुङ र गोपी लामा रहेका छन् । 

सुनौलीबाट काठमाडौँ आउँदै गरेको बा ५ ख १२३५ नम्बरको बस जाँच गर्ने क्रममा रु दुई लाख ७० हजार मूल्य बराबरको १३५ थान कपडा फेला पारी बरामद गरिएको र सोधखोज गर्दा उक्त कपडा उनीहरूले ल्याएको खुल्न आएको छ । सोही गाडीमा सवार रहेका बेला दुवै पक्राउ परेका हुन् । 

दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय काठमाडौँ पठाइएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस