१० अंकले नेप्सेमा गिरावट - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

१० अंकले नेप्सेमा गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ असार २०७६
Sunrise bank
१० अंकले नेप्सेमा गिरावट
LBEF
NCH-IPS

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । लगानीकर्ताले मौद्रिक नीतिलाई पर्खिएका कारण पुँजी बजारमा सुधार हुन सकेको छैन ।

आइतबार नेप्से परिसूचक १०.०१ अंकले घटेर १२५४.३५ बिन्दुमा झरेको छ । यस दिन १५ लाख ७५ हजार ३४० कित्ता शेयर ४८ करोड १८ लाख ५९ हजार ७४३ रुपैयाँमा कारोबार भएको छ । यस दिन कारोबारमा आएकामध्ये विकास बैंक र वित्त समूहबाहेक सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ८५.२७ अंकले घटेको छ । त्यस्तै आइतबार लक्ष्मी बैंकको कारोबार उच्च भएको छ ।

समग्र परिसूचकमा गिरावट आए पनि गुराँस लघुवित्त कम्पनी, गणपति माइक्रोफाइनान्सलगायतका कम्पनीका लगानीकर्ताहरुले अरु कम्पनीका लगानीकर्ताले भन्दा धेरै कमाएका छन् । तर, स्वदेशी लघुवित्त कम्पनी, शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले अरुले भन्दा धेरै गुमाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस