aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

स्वावलम्बन लघुवित्तले साधारणसभा बोलायो, चुक्ता पुँजी ९४ करोड पुग्ने, मर्जरमा जाने एजेन्डा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
Reliance life insurance
स्वावलम्बन लघुवित्तले साधारणसभा बोलायो, चुक्ता पुँजी ९४ करोड पुग्ने, मर्जरमा जाने एजेन्डा
Jagadamba
LBEF

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको साधारणसभा यही चैत ११ गते बस्ने भएको छ । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्तावित बोनस शेयर तथा नगद लाभांश वितरण गर्न संस्थाले वार्षिक साधारणसभा बोलाएको हो । सो साधारणसभा उक्त दिन काठमाडौंको अम्रपाली ब्यांक्विेटमा बिहान ११ बजे बस्नेछ । 

स्वावलम्वनले गत वर्षको नाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो बोनस शेयर वितरण गर्दा संस्थाको पुँजी ७९ करोड २३ लाख रुपैयाँबाट बढेर ९४ करोड रुपैयाँ पुग्नेछ । साधारणसभाले एक वा एकभन्दा बढी लघुवित्तलाई मर्जर वा प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा समेत प्रस्तुत हुनेछ । 

साधारणसभा प्रयोजनको लागि फागुन २८ गतेको लागि बुक क्लोजको मिति तय गरिएको छ । सो दिन शेयरधनी कायम रहेका व्यक्तिले प्रस्तावित शेयर प्राप्त गर्न सक्छन् । 

प्रतिक्रिया दिनुहोस