aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

जर्मनीमा लकडाउन खुकुलो पारिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ फागुन २०७७
Reliance life insurance
जर्मनीमा लकडाउन खुकुलो पारिँदै
Jagadamba
LBEF

बर्लिन । जर्मनीका चान्सलर एन्जेला मर्केलले कोभिडले निकै प्रभावित पारेको आफ्नो मुलुकले राष्ट्रमा बिस्तारै भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई  खुकुलो पार्दै जाने योजना सार्वजनिक गरेका छन। 

चान्सलर मर्केलले कोभिड–१९ विरूद्धको खोप उपलब्ध भइसकेको र सङ्क्रमण दरमा पनि विस्तारै कमी आएको भन्दै आंशिक लकडाउनका कार्यक्रमलाई मङ्गलबारदेखि विस्तारै खुकुलो बनाउन सरकार र विज्ञहरूसँग प्रस्ताव गरेका छन । 

उनले अर्को हप्तादेखि घरपरिवारबीच अझ बढी सामाजिकरणको अनुमति दिन चाहेको प्रस्ताबमा उल्लेख गरिएको छ । पाँच जनाभन्दा बढी जम्मा नहुने गरी मार्च ८ देखि दुई घरपरिवारबीच भेला हुन पाउने व्यवस्था गरिने प्रस्ताव एएफपीलाई प्राप्त सूचनामा उल्लेख छ । प्रस्तावमा पुस्तक पसल, फूल पसल तथा बगैँचा केन्द्रहरूलाई छिट्टै पुनः सञ्चालनका लागि अनुमति दिइने उल्लेख गरिएको छ ।

प्रस्तावलाई जर्मनीका १६ क्षेत्रीय सरकार प्रमुखले अनुमोदन गर्न बाँकी रहेको र मर्केल र उनहरूबीच यस सन्दर्भमा बुधबार छलफल हुने बताइएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस