aarthiknews.com बुधबार, ०८ बैशाख २०७८   Wednesday, 21 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

चन्द्रागिरी हिल्सको शेयरमूल्य बढेको बढ्यै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ फागुन २०७७
Reliance life insurance
चन्द्रागिरी हिल्सको शेयरमूल्य बढेको बढ्यै
Jagadamba
LBEF

काठमाडौं । केहि दिनदेखि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य निरन्तर सर्किट लेभलमा बढिरहेको छ । साताको तेस्रो दिन आज (मंगलबार) पनि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार पनि यस कम्पनीको शेयरमूल्य करिब १० अंकले बढेको थियो । 

यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य ९ दशमलव ८९ प्रतिशतले बढेको हो । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४५ रुपैयाँले बढेर अन्तिम मूल्य ५०० रुपैयाँ पुगेको हो । 
 
त्यस्तै, नेप्से २४ अंकले घटेको छ भने करिब २ अर्बको कारोबार भएको छ । कारोबार भएका २ वटा समूहबाहेक अन्य सबै समूह घटेका छन् । 

प्रतिक्रिया दिनुहोस