aarthiknews.com बुधबार, ०८ बैशाख २०७८   Wednesday, 21 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

लघुवित्तलाई शाखा खोल्न कडाइ

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • मंगलबार, १८ फागुन २०७७
Reliance life insurance
लघुवित्तलाई शाखा खोल्न कडाइ
Jagadamba
LBEF

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्थाको शाखा स्थापनामा कडाई गरेको छ । नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले आइतबार परिपत्रमार्फत लघुवित्त वित्तिय संस्थाले काठमाडौं उपत्ययकामा शाखा खोल्नु अघि मोफसलमा दुई वटा शाखा हुनुपर्ने व्यवस्था गरेको हो । 

यसअघि राष्ट्र बैंकबाट स्वीकृती पाए मात्र पुग्थ्यो । विद्यमान व्यवस्था अनुसार लघुवित्त वित्तिय संस्थाका शाखा नभएका स्थानिय तहका वडामा शाखा कार्यालय खोल्न राष्ट्र बैंकको स्वीकृती चाहिदैन । तर, काठमाडौं उपत्यका, महानगरपालिका र उपमहानगरपालिकामा वित्तिय संस्थाका शाखा नभएका स्थानिय तहका वडामा शाखा खोल्न राष्ट्र बैंकको पूर्व स्वीकृती लिनुपर्ने व्यवस्था छ । 

सोहि व्यवस्था परिमार्जन गरि काठमाडौं उपत्यकामा शाखा खोल्नु अघि मोफसलका ग्रामिण स्थानिय तहमा कम्तीमा २ वटा शाखा खोल्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । 

प्रतिक्रिया दिनुहोस