आज पनि सुनको भाउ घटेन - Aarthiknews
aarthiknews.com शुक्रबार, १० माघ २०७६   Friday, 24 January, 2020
 
Bajaj_Bike

आज पनि सुनको भाउ घटेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ असार २०७६
Sunrise bank
आज पनि सुनको भाउ घटेन
LBEF

काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । शुक्रबार ऐतिहासिक मूल्य कायम गरेको छापावाल सुनको भाउ तोलाको ६५ हजार रुपैयाँमा कारोबार भइरहेको हो । 

बिहीबार र शुक्रबार दैनिक तोलामा एक–एक हजारको वृद्धि देखिएपछि सुनको भाउले रेकर्ड कायम गरेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी तोलाको ७४० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस