
काठमाडौं। हुलास स्टील इन्डष्ट्रिजले कर्कटपातामा नयाँ भेराइटीको उत्पादन शुरु गरेको छ । मुलुकमा पहिलो पटक रंगिन जस्तापाता उत्पादन थाल्ने कम्पनी हुलास स्टील इन्डष्ट्रिजले अष्ट्रेलियन प्रविधिको गल्भालुम कर्कटपाता उत्पादन शुरु गरेको हो ।
कम्पनीका अनुसार यस नयाँ भेराइटीको बजारमा यसलाई गल्भालुम र ड्युराकलरको नामबाट बिक्रीवितरण गरिने छ भने कोल्डरोल्ड सिटमा ५५ प्रतिशत आल्मुनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन कोटिङ गरि उत्पादन हुने गल्भालुम कर्कटपाता अन्य पाताका तुलनामा ३ गुणा बढी टिकाउ हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
दिवाकर गोल्छा कर्पोरेसनअन्तर्गतको हुलास स्टीलले अष्ट्रेलियन प्रविधिको कोटिङ प्रयोगमा ल्याएर उत्पादित यो नयाँ कर्कटपाता बजारमा हुलास डुराकलर ब्राण्डमा पाइने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस