aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike
ज्वाइन्टभेन्चर

पौने दुई अर्बको लागतमा हाँडीगाउँमा अपार्टमेन्ट बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ फागुन २०७७
Reliance life insurance
पौने दुई अर्बको लागतमा हाँडीगाउँमा अपार्टमेन्ट बन्दै
Jagadamba
LBEF

काठमाडौं । काठमाडौं महानगरपालि वडा नम्बर–५, हाँडीगाउँ गहनापोखरीमा १० तले लक्जरियस प्रिमियम अपार्टमेन्ट बन्ने भएको छ । अपार्टमेन्ट ‘रोयल स्टेट’ प्राइभेट कम्पनीले प्रवद्र्धन गर्न लागेको हो । पौने दुई अर्ब लागतमा निर्माण गर्न लागिएको उक्त अपाटमेन्ट अबको २ वर्ष अर्थात सन् २०२३ सम्ममा तयार हुने बालाजी इन्भेष्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक नितिन गोयलले जानकारी दिए । 

‘रियल स्टेटको क्षेत्रमा काम गरिरहेका तीनवटा व्यवसायिक समूह मिलेर उक्त अपाटमेन्ट निर्माण गर्न लागेका हुन् । अपार्टमेन्ट निर्माणको लागि सरकारी निकाय काठमाडौं उपत्यका विकास प्राधिकरणबाट स्वीकृत भएर आएपछि हामी भवन निर्माणको काम शुरु गर्छौ,’ उनले भने ‘यसका लागि हामीलाई अझै ३/४ महिना समय अझै लाग्छ ।’ अहिले अपार्टमेन्टको नक्सा डिजाइन गर्ने काम भइरहेको छ ।’ 

अपार्टमेन्ट प्लस हाउसिङ र त्यहाँ बन्ने स्विमिङ पुल, बाल उद्यान समेतको लागत इस्टिमेट हुँदै गरेकोले एक अर्ब ८० करोड रुपैयाँसम्म खर्च हुन सक्ने अनुमान कम्पनीले गरेको छ । ‘यो हाम्रो ठूलो प्रोजेक्ट हो,’ गोयलले भने ‘हामी यसलाई नमूना प्रोजेक्टको रुपमा विकास गर्दैछौं ।’ विश्वका हरेक देशमा बनेका अपार्टमेन्टको सुविधा यो अपार्टमेन्टमा पाइने उनले बताए । अपार्टमेन्टमा बस्ने क्याइन्टले फोहोर समेत उचाल्न पर्दैन, उनले भने ‘यो काम सबै त्यहाँ जडान गरिएको मेशिनले गर्नेछ । 

सवा ५ रोपनी जग्गामा प्रिमियम अपार्टमेन्ट र केही हाउजिङ बन्न लागेको हो । उक्त जग्गा केही समय अघिमात्रै आईएमएस ग्रू्रपका अध्यक्ष दिपक मलहोत्रासँग खरिद गरिएको हो । उक्त स्थानमा अहिले जग्गाको मूल्य प्रतिआना ७० देखि ८० लाख रुपैयाँसम्म चलनचल्तीमा छ । जग्गाको अगाडिको मोहडामा हाउसिङ बन्ने छ भने पछिल्लो मोहडामा सुविधा सम्पन्न अत्याधुनिक ५० देखि ६० वटा प्रिमियम अपार्टमेन्ट बन्नेछ ।

उक्त स्थानमा निर्माण हुन लागेको एउटा अपार्टमेन्टभित्रको ब्लक खरिद गर्नको लागि कम्तीमा साढे दुई करोड रुपैयाँ खरिद गर्नुपर्नेछ । अपार्टमेन्टले ओगट्ने जग्गा भनेको जम्मा ४० प्रतिशतमात्र हो । बाँकी ५५ देखि ६० प्रतिशतसम्म जग्गा खाली हुने भएकोले कम्पनीले केही हाउजिङ, बाल उद्यान, स्विमिङ पुल बनाउन लागेको हो । 

अपार्टमेन्ट बन्न लागेको स्थान शान्तरमणीय हुनाका साथै सांस्कृतिक र पुरातात्विक हिसावले पनि उत्तिकै महत्वपूर्ण स्थान भएकोले उक्त अपार्टमेन्ट रोज्ने क्लाइन्टको आर्कषण अझ बढी हुने प्रबन्ध निर्देशक गोयलले बताए । ‘यो स्थान काठमाडौंको मात्र नभएर संसारमा परिचित स्थान हो, कही नभएको जात्रा हाडीगाउँ यहि स्थानमा पर्छ भने कैलाशकुट भवन तथा राष्ट्रिय विभूति भृकुटीको जन्म स्थान पनि हो । हिन्दु धर्मालम्बीहरूको महत्वपूर्ण धार्मिक स्थल पशुपतिनाथको मन्दिर पनि छोटो दूरीमै पुग्न सकिन्छ । 

बालाजी इन्भेष्टमेन्ट, कालिका कन्सट्रक्सन र पायोनियर गू्रपको ज्वाइनभेन्चरमा यो परियोजना सञ्चालन गर्न लागेको हो । बालाजी इन्भेष्टमेन्टले मिलेर पानीपोखरीमा ‘पानीपोखरी हाइट’ मा ५० वटा हाउजिङ निर्माण गरिसकेका छन् । यस अघि पनि यी ग्रूप मिलेर अन्य साइडमा पनि काम गरिसकेका छन् । यी तीनवटै समूहले उक्त अपार्टमेन्टमा बराबर लगानी रहने छ । बालाजीले निर्माण गरेका हाउजिङहरू प्राय सबै लक्जरियस भएकोले पनि उच्च लेभलका ग्राहकको रोजाइमा पर्ने गरेको छ । 

यसका साथै कम्पनीले रविभवन, कुपण्डोलमा पनि आवस निर्माण कार्य अघि बढाउने योजना बनाएको छ भने जडिबुटीमा कार्यालय प्रयोजनका साथै केही वायर हाउसपनि निर्माण गरिसकेको छ । ग्राहकको आवश्यकता अनुसार लोकेशन हेरेर निर्माण कार्य अघि बढाएको उनले बताए । 


 

प्रतिक्रिया दिनुहोस