aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोटमा १० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ फागुन २०७७
Reliance life insurance
सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोटमा १० प्रतिशत छुट
Jagadamba
LBEF

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुबिधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले डाँडगाँउ शिवपुरी स्थित ग्रीन भ्याली रिर्सोटसंग सम्झौता गरेको छ । 

सनराइज बैंक तथा ग्रीन भ्याली रिर्सोट बिच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले ग्रीन भ्याली रिर्सोटसंग खाना र बेबरेज सुबिधामा सन्राइज बैंकको के्र्रडिट काड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।  

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम्  सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस