aarthiknews.com बुधबार, ०८ बैशाख २०७८   Wednesday, 21 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

एनसीसी बैंकको लिलामी शेयर बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ फागुन २०७७
Reliance life insurance
एनसीसी बैंकको लिलामी शेयर बाँडफाँट
Jagadamba
LBEF

काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले लिलामी प्रकृयाबाट विक्री गरेको २५ लाख कित्ता संस्थापक शेयर बाँडफाँट गरेको छ ।   बैंकले फागुन २ गतदेखि ९ गतेसम्म उक्त शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको शेयर फागुन १४ गते बाँडफाँट गरेको हो । 

बैंकका अनुसार रितपूर्वक आवेदन दिने आवेदकहरुमध्यबाट प्रतिकित्ता रू. ३१५ दशमलव ५० देखि रू. १४२ सम्म मूल्य अंकित गरी बोलकबोल गर्ने १०४ जनालाई माग बमोजिम र प्रतिकित्ता रू. १४१ दशमलव ५० का दरले माग गर्ने  १ जनालाई आंशिक गरी विक्रीको आव्हान गरेको सबै शेयर बाँडफाँट गरिएको हो । 

बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. १४० तोकेको थियो । यो शेयर खरिदका लागि न्यूतमम १ एक हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । उक्त बाँडफाँटमा नपरेको आवेदकहरुको रकम फागुन १७ गतेदेखि आईपीएसमार्फत आवेदकहरुले उल्लेख गरेको बैंक खातामै भुक्तानी गरिने समेत बैंकले जानकारी दिएको छ । बैंकको विक्री प्रबन्धकमा सन्राइज क्यापिटल रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस