एकल बिन्दु सेवा केन्द्र पूर्णरुपमा सञ्चालन हुन पाएन, कर्मचारी सेवा ग्राही कुर्दै - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 
एकै थलोबाट सेवा

एकल बिन्दु सेवा केन्द्र पूर्णरुपमा सञ्चालन हुन पाएन, कर्मचारी सेवा ग्राही कुर्दै

  • मानमती पन्त
    मानमती पन्त
  • आइतबार, ०८ असार २०७६
Sunrise bank
एकल बिन्दु सेवा केन्द्र पूर्णरुपमा सञ्चालन हुन पाएन, कर्मचारी सेवा ग्राही कुर्दै
LBEF
NCH-IPS

काठमाडौं । एकै थलोबाट सेवा दिन स्थापना भएको एकल विन्दु सेवा केन्द्रमा आठवटा एकाईमध्ये तीन एकाइमा मात्र निरन्तर काम हुदै आएका छन् । स्वदेशी तथा विदेशी लगानी गर्न आउने सेवा ग्राहीलाई एउटै थलोबाट सबै सुविधा दिने उद्देश्यले केन्द्रमा तत्काल आठवटा एकाइ स्थापना गरिएको छ । केन्द्रमा उद्योग दर्ता एकाइ, प्रशासन तथा कानुन एकाइ, विदेशी विनिमय सहजीकरण एकाइ, भन्सार तथा राजस्व एकाइ, जग्गा सहजीकरण एकाइ, भिसा सहजीकरण एकाइ र वातावरण एकाइ तथा पूर्वाधार एकाइ रहेका छन् ।  

ति एकाइमध्ये उद्योग दर्ता एकाइ, प्रशासन तथा कानुन एकाइ र विदेशी विनियम सहजीकरण एकाइमा मात्र काम हुदै आएको छ । विभागको तथ्यांक अनुसार सेवा सञ्चालनमा आएपछि सेवा केन्द्रमा अहिलेसम्म ३९ वटा उद्योग मात्र दर्ता भएका छन् । त्यस्तै विदेशी विनिमय सहजीकरण एकाइबाट ४० वटा काम भएको छ भने जग्गा सहजीकरण एकाइबाट एउटा काम मात्र भएको सूचना अधिकारी विनोद कुमार खड्काले बताए । 

एकल बिन्दु सेवा केन्द्र स्थापना भएको एक महिना बितिसक्दा पनि चार वटा एकाइबाट एउटा फाइलको पनि काम भएको छैन । भन्सार तथा राजस्व एकाइमा, भिसा सहजीकरण एकाइ, वातावरण एकाइ र पूर्वाधार एकाइमा अहिलेसम्म पनि काम भएको छैन । सो एकाइमा कर्मचारी भएपनि सेवा लिन सेवा ग्राही नआएपछि एउटा फाइलको पनि काम नभएको केन्द्रका एक अधिकारीले बताए ।

सेवा दिन कर्मचारी समयमै आए पनि सेवाग्राही नआएपछि कर्मचारीलाई समय बिताउन समेत अल्छि लागेको सोही कार्यालयका एक कर्मचारीले बताए । कार्यालयमा काम नआए पछि आउने र हाजिर लगाएर जाने काम मात्र भएको उनले बताए । महिना दिन देखि सेवाग्राहीलाई सेवा दिन कुर्दै आएका छन् ।

सरकारले उद्योगलाई दिने छुट, सुविधा तथा सहुलियत र आवश्यक पर्ने पूर्वाधारसम्बन्धि सेवा एउटै थलोबाट उपदब्ध गराउने उद्देश्यले १ जेठमा सञ्चालन ल्याएको सो केन्द्रमा सेवाग्राही नआउंदा महिना दिनदेखि कर्मचारी सेवा ग्राहीलाई कुर्दै आएको बताए । 
 

प्रतिक्रिया दिनुहोस