aarthiknews.com शनिबार, ११ बैशाख २०७८   Saturday, 24 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्याउने प्रस्तावमा सहमति जुटेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ फागुन २०७७
Reliance life insurance
अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्याउने प्रस्तावमा सहमति जुटेन
Jagadamba
LBEF

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेका कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पु¥याउने प्रस्ताव गरिए पनि सिनेटले पारित गरेको प्रस्तावमा ज्यालाको विषय हटाइएको छ । अमेरिकी सिनेटका एक वरिष्ट अधिकारीले कोभिड–१९ को प्याकेजमा न्यूनतम ज्यालाको विषय समेट्न उपयुक्त नभएको प्रतिक्रिया दिनु भएको छ जसलाई डेमोक्रेटिक पार्टीले आफ्नो प्रगतिशील अजेन्डाका रुपमा अघि सार्दै आएको थियो । 

राष्ट्रपति बाइडेनले कोभिडका कारण संकटमा परेको अमेरिकी अर्थतन्त्रलाई उकास्न करिब १९ खर्ब डलरको राहत प्याकेज अघि सारेका थिए । सिनेटमा रिपब्लीकन पार्टीका सदस्यहरुले राहत प्याकेजमा पूर्ण सहमति जनाएका थिएनन् । डेमोक्रेट पार्टीले विगतदेखि नै हालको राष्ट्रिय न्यूनतम ज्याला ७।२५ डलरलाई वृद्धि गरी १५ डलर बनाउन चाहेका छन् तर यस विषयलाई कोभिड राहतमा राख्ने वा नराख्ने भन्नेमा विवाद छ । 

अमेरिकी सिनेटमा देशमा दूरगामी असर पार्ने प्रस्तावहरु पारित गर्न ६० प्रतिशत मत आवश्यक पर्ने व्यवस्था गरिएकाले डेमोक्रेट पार्टीले विपक्षी रिपब्लीकनको सहयोग खोजिरहेको छ । एक सय सदस्यीय सिनेटमा हाल डेमोक्रेटसँग उपराष्ट्रपति सहित ५१ स्थान मात्र छ । 

राष्ट्रपति बाइडेन सिनेटमा सहमति जुट्न नसकेकामा निकै दुःखित भएका छन्, किनभने अमेरिकी आर्थिक पुनरुद्धार योजनाकै एक भागका रुपमा ज्यालावृद्धिलाई समेटिएको थियो, ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले भनेका छन् । बाइडेनले कंग्रेस समक्ष कोभिड राहत प्याकेजलाई जतिसक्दो चाँडो पारित गर्न आग्रह गरेका छन् । यस प्रस्तावमा अधिकांश अमेरिकीलाई १४०० अमेरिकी डलर राहत दिने भनिएको छ । साथै, उक्त प्रस्तावमा कोरोनाभाइरसको महामारी नियन्त्रण र समाप्त गर्नेतर्फ मद्दत पु¥याउन खर्च गरिने उल्लेख छ । एएफपी  

प्रतिक्रिया दिनुहोस