aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

एनआईसी एशिया बैंकले तीन कम्पनीको संस्थापक शेयर खरिदका लागि आव्हान गरेको बोलपत्र आज खोलिदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ फागुन २०७७
Reliance life insurance
एनआईसी एशिया बैंकले तीन कम्पनीको संस्थापक शेयर खरिदका लागि आव्हान गरेको बोलपत्र आज खोलिदै
Jagadamba
LBEF

काठमाडौं । एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको तिन कम्पनीको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज (शुक्रवार) खोलिने भएको छ । बैंकले माघ ८ गतेदेखि १२ गतेसम्म आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ४ लाख ३६ हजार ३६१ कित्ता, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ६१ हजार २०० कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ९८ हजार ५८९ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो । 

बैंकले आरएमडिसी लघुवित्तको शेयरको हकमा न्यूनतम मूल्य प्रतिकित्ता रू. ५२३, माहुली लघुवित्तको प्रतिकित्ता रू. ८१२ र मेरो माइक्रोफाइनान्स लघुवित्तको प्रतिकित्ता रू. ४६३  तोकेको थियो । 

बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्ने व्यवस्था अनुसार बढी मूल्य अंकित गर्नेलाई प्राथमिकता दिदैं शेयर बाँडफाँट गरिनेछ । यो शेयर विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । अपरान्ह ३ः३० बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने विक्री प्रबन्धकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस