पशुपतिनाथको दर्शन गर्न आउने ज्येष्ठ नागरिकको  खर्च बेहोर्ने - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

पशुपतिनाथको दर्शन गर्न आउने ज्येष्ठ नागरिकको  खर्च बेहोर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ असार २०७६
Sunrise bank
पशुपतिनाथको दर्शन गर्न आउने ज्येष्ठ नागरिकको  खर्च बेहोर्ने
LBEF
NCH-IPS


काठमाडौं । भारतको राजस्थान सरकारले पशुपतिनाथको दर्शन गर्न जाने राज्यभित्रका ज्येष्ठ नागरिकको सबै खर्च बेहोर्ने निर्णय गरेको छ । राजस्थान सरकारले बिहीबार जारी गरेको औपचारिक विज्ञप्तिमा नेपालको पशुपतिनाथसहित तीन वटा धार्मिक गन्तव्य जाने ज्येष्ठ नागरिकको सबै खर्च बेहोर्ने उल्लेख गरिएको छ ।

राजस्थान सरकारको पर्यटन तथा देवस्थान मन्त्रालयले राज्यभित्रका ६५ वर्ष र सोभन्दा माथि उमेरका नागरिकलाई सो सुविधा दिने निर्णय गरेको हो । सरकारले घोषणा गरेको अन्य दुई धार्मिक स्थलमा उत्तराखण्डको देहरादून र पश्चिम बंगालको कोलकत्ताका धार्मिकस्थल रहेका छन् । आजको नागरिक दैनिकबाट
 

प्रतिक्रिया दिनुहोस