aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

शेयर बजारका बादशाहले ५० अर्ब गुमाउदा पनि विश्वको छैटौं धनी यथावत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ फागुन २०७७
Reliance life insurance
शेयर बजारका बादशाहले ५० अर्ब गुमाउदा पनि विश्वको छैटौं धनी यथावत
Jagadamba
LBEF

एजेन्सी । अनुभवी लगानीकर्ता वारेन बफेटका दिनहरू अहिले राम्रो अवस्थामा छैनन् । उनले अमेरिकामा धेरै लगानी गरेका छन् । तर, अमेरिकी २०२०को बजारमा ४० प्रतिशतले त्यहाको शेयर बजारले उचाइ लिइरहेको बजारमा विश्वकै धेरै गुमाउने अर्बपतिको सूचीमा परेका छन् । 

ब्लूमबर्ग बिलियनेर्स इंडेक्सका अनुसार यस वर्ष बर्कशायर हाथवेका अध्यक्ष बुफेटको सम्पत्ति करिब १९ बिलियन डलर घटेको रहेको जनाएको छ । बर्कशायरले यस वर्षको पहिलो त्रैमासिकमा ५० अर्ब डलर घाटा रिपोर्ट सार्वजनिक गरेको छ ।

यद्यपि ७०.४ अर्ब डलरको सम्पत्तिका साथ अझै पनि विश्वको छैटौं व्यक्ति हुन् । बफेटको सम्पत्तिमा ठूलो गिरावट आएपछि  उनका केही निर्णयहरूले राम्रो नतिजा नल्याएको उनको निष्कर्स रहेको छ ।  विश्वास केही हदसम्म कम भएको छ । 

बुफेटले भ्यालू इन्भिेमेन्टको सलाह दिने गरेका छन् । यद्यपि यस बर्षको पहिलो त्रैमासिक बजारमा ठूलो गिरावट आयो । उनी यो बजारबाट धेरै ठूला लगानीबाट बाहिर निस्कन बाध्य भए । कोरोना भाइरस महामारीको प्रकोपबाट बाहिर निस्कदै गर्दा उनले अमेरिकाको ४ ठूला विमान कम्पनीहरूको सम्पूर्ण हिस्सा बेच्न बाध्य भए । 

यी चारवटा एयरलाइन्समध्ये अमेरिकन एयरलाइन्स, डेल्टा एयरलाइन्स, साउथवेस्ट एयरलाइन्स र युनाइटेड एयरलाइन्स – बर्कशायर सबैभन्दा ठूलो लगानीकर्ता थियो । 
 

प्रतिक्रिया दिनुहोस