aarthiknews.com शुक्रबार, २१ फागुन २०७७   Friday, 05 March, 2021
 
tater Group
Bajaj_Bike

२५ लाखसहित हुण्डी कारोवारी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ फागुन २०७७
२५ लाखसहित हुण्डी कारोवारी पक्राउ
Jagadamba
LBEF

महोत्तरी । प्रहरीले दुई हुण्डी कारोवारी पक्राउ परेका गरेको छ। पक्राउ पर्नेमा महोत्तरी निवासी टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौन निवासी सुमित यादव रहेको धनुषा प्रहरीले जनाएको छ । उनीहरुलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट हुण्डी रकमसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जटही नाकाबाट अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । 

निरीक्षक रानाभाटले जनकपुरबाट हुण्डी रकम रु २५ लाख ५० हजारसहित भारत जाँदै गर्दा जटहीबाट पक्राउ गरेको बताए । पक्राउ परेको रकमसहित दुवैलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए । हुण्डी कारोवारमा अन्य संलग्नको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस