aarthiknews.com शुक्रबार, २१ फागुन २०७७   Friday, 05 March, 2021
 
tater Group
Bajaj_Bike

राताम्मे बजारमा चार कम्पनीको शेयरमूल्य सर्वाधिक बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ फागुन २०७७
राताम्मे बजारमा चार कम्पनीको शेयरमूल्य सर्वाधिक बढ्यो
Jagadamba
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले घटेको छ । हिजो (सोमबार) पनि नेप्से ३२.६७ अंकले नेप्से घटेर दुई हजार छ सय ७ दशमलब ६७ विन्दुमा पुगेको थियो । 
   
नेप्सेका अनुसार आज २१.१६ अंकले नेप्से घटेर दुई हजार पाँच सय ८६ दशमलब ५१ विन्दुमा पुगेको छ भने ८ अर्ब ५६ करोड १५ लाख बरोबरको कारोबार भएको छ ।  त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये आज ट्रेडिङ बाहेक अन्य सबै समूह राताम्मे भएका छन् । 

आज दोहोरो अंकले बजार घटेपनि चार कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ । आज सर्वाधिक शेयरमूल्य बढ्नेमा नेपाल फाइनान्स लिमिटेड, अपी पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी र हिमालयन पावर पार्टनर रहेका छन् । जसको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ । 

प्रतिक्रिया दिनुहोस