शेयर बजार सम्बन्धी एक दर्जन कानुन बन्दै - Aarthiknews
aarthiknews.com आइतबार, १२ माघ २०७६   Sunday, 26 January, 2020
 
Bajaj_Bike

शेयर बजार सम्बन्धी एक दर्जन कानुन बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ असार २०७६
Sunrise bank
शेयर बजार सम्बन्धी एक दर्जन कानुन बन्दै
LBEF

काठमाडौं । शेयर बजारको नियमन गर्न सहज गर्न करिब एक दर्जन कानुन शंसोधनको प्रक्रियामा रहेको धितोपत्र बोर्डले जनाएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धितोपत्र बोर्डले शेयर बजारमा नयाँ उपकरण र नियमन गर्न सहज हुने नयाँ कानुन निर्माण लागेको हो । 

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ मा संशोधन विधेयकको मस्यौदा तयार भै विधायन प्रक्रियाका लागि मंसिर १३  गते अर्थ मन्त्रालय पेश गरिएको जनाएको छ । ट्रष्ट ऐनको प्रारम्भिक अवधारणपत्र तयार गरी पुष १९ गते अर्थ मन्त्रालयमा पेश गरिएको गरेको छ । 

त्यस्तैगरि, धितोपत्र बजारमा वैकल्पिक लगानीको अवसर उपलब्ध गराउन बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ तर्जुमा गरी नेपाल  सरकार, अर्थ मन्त्रालयको स्वीकृितमा २०७५ फागुन २२ देखि लागू गरिएको छ । त्यस्तै, धितोपत्रको सूचीकरण तथा कारोबार नियमावली, २०७५ अर्थ मन्त्रालय बाट स्वीकृत भई साउन १ देखि लागू भइसकेको  छ । 

NFRS अनुसार बोडंको  Accounting Manual तयारी गर्न इच्छुक सिए फर्महरुसँग दरभाउ/प्रस्ताव माग गर्ने कार्य सम्पन्न भई सम्झौतालाई अन्तिम रुप दिई सेवा लिने सम्बन्धमा सम्झौता भएको छ । 

वस्तु विनिमय बजारको नियमनको जिम्मेवारीसहित बोर्डको बढ्दो जिम्मेवारीलाई दृष्टिगत गरी बजारको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउनका लागि  O & M Survey कार्य अगाडि बढाइएको बोर्डले जनाएको छ । नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०७५ तर्जुमा गरी स्वीकृतिका लागि बोर्डमा पेश गरिएको छ । 

राफसाफ कोष स्थापना गर्न नेप्सले तहांको प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा राफसाफ कोष सञ्चालन तथा ब्यवस्थापन समिति गठन गरी बैंक खाता खोल्ने तथा सो खाता संचालनमा आए पश्चात रकम जम्मा गर्ने निर्णय  गत पुष ९ गते सञ्चालक समितिमा पेश गरिएको छ ।  

त्यस्तैगरि, हकप्रद सेयर निष्काशन गर्दा नबिकेको शेयर विद्यमान सेयरधनीहरुलाई नै बाँडफाँड गर्न सकिने गरी व्यवस्था गर्न धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ संशोधनको क्रममा रहेको तथा Digital Signature को शुरुवात गर्न बोर्डले नेप्सेलाई निर्देशन दिइसकेको छ । 

विद्युतीय हस्ताक्षरको आवश्यकता र यसका विविध आयामहरु सम्बन्धमा सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई  २०७५ मंसिर १२ गते  बोर्डबाट नेपाल सट्र्रिफाइङ कम्पनी प्रा. लि. सँगको Book Building System को व्यवस्थाका लागि आवश्यक छलफल भैरहेको रहेको जानकारी दिएको छ । 
 
धितोपत्रको प्राथमिक बजारमा धितोपत्रको निष्काशन मूल्य निर्धारणका लागि आवश्यक द्यBook Building System को सम्बन्धमा प्रारम्भिक अध्ययन प्रतिवेदन तयार गरी सोही आधारमा विस्तृत अध्ययन गराउन बाह्य विज्ञ परिचालन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस