aarthiknews.com सोमबार, २४ फागुन २०७७   Monday, 08 March, 2021
 
tater Group
Bajaj_Bike

नेप्सेमा ११ लाख कित्ता शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ फागुन २०७७
नेप्सेमा ११ लाख कित्ता शेयर सूचीकृत
Jagadamba
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार दुई कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा आइसीएफसी फाइनान्स कम्पनी र स्पर्श लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूर्चीकृत भएको हो ।  

नेप्सेका अनुसार आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडको ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बोनस शेयर सूचिकृत भएको हो । त्यस्तै, स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको एक लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बोनस शेयर सूचिकृत भएको हो । 

आईसीएफसी कम्पनीले यो बोनस शेयर गत पुस २९ गते सम्पन्न १७औं वार्षिक साधारणसभाबाट पारित गराएको थियो । उक्त सभाबाट पारित कर समेतको ४ दशमलव ५ प्रतिशत नगद लाभांश भने पुस २९ गतेदेखिनै जम्मा गर्न सुरु गरेको थियो । बुधवारदेखि धितोपत्र दोस्रो बजारमा  कम्पनीको बोनस शेयर पनि कारोबार योग्य हुनेछ । सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस